आइतबार रेसुङ्गा विमानस्थलमा ‘डेमोस्ट्रेसन’ उडान गरिन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा नमुना (डेमोस्ट्रेसन) उडान गरिने भएको छ । आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिन भएको हो ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न छ ।

डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सबै