विश्वासको मतबारे पुस २६ मा धारणा बनाउने कांग्रेसको निर्णय

70 Shares

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्रीले लिने विश्वासको मतबारे पुस २६ गते नै धारणा बनाउने निर्णय गरेको छ । शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिने विश्वासको मतबारे सोही दिन धारणा बनाउने निर्णय गरेको हो ।

पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् । शनिवारको बैठकमा पुस २५ गतेदेखि शुरु हुने संसद अधिवेशनका पार्टीको भूमिकाका सन्दर्भमा छलफल भएको थियो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक र संसदीय दलका नेता शेरबहादुर देउवाले मात्र बोलेका थिए । उनीहरूले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

सबै