प्रमुख सचेतक रमेश लेखक भन्छन् -‘कांग्रेस सत्ता गठबन्धन भत्काउने खेलमा छैन’

39 Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू सत्ताको दौडमा नरहेको बताएका छन् । शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सचेतक लेखकले आफू सत्ता गठबन्धन भत्काउने खेलमा नरहेको बताएका हुन् ।

कांग्रेसले संसदमा प्रधानमन्त्रीले लिने विश्वासको मतबारे पुस २६ गते नै धारणा बनाउने निर्णय गरेको छ । शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिने विश्वासको मतबारे सोही दिन धारणा बनाउने निर्णय गरेको हो ।

पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् । शनिवारको बैठकमा पुस २५ गतेदेखि शुरु हुने संसद अधिवेशनका पार्टीको भूमिकाका सन्दर्भमा छलफल भएको थियो । कांग्रेस प्रमुख सचेतक रमेश लेखक र संसदीय दलका नेता शेरबहादुर देउवाले मात्र बोलेका थिए । उनीहरूले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदे छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेसले नयाँ गठबन्धनको प्रयास गरिरहेको चर्चा चलेको छ । यतिसम्म कि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा चलेको थियो । तर, कांग्रेस नेताहरूले सत्ताका लागि नयाँ गठबन्धनबारे कुनै छलफल नभएको बताइसकेका छन् ।

सम्बन्धित समाचार

सबै