साझा बस चढेर राष्ट्रपति भण्डारी पाटनमा (फोटो फिचर)

​​​​​​​ललितपुर / राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर आइपुग्नुभएको छ ।

आज दिउँसो राष्ट्रपति भण्डारी  शीतलनिवासबाट बिजुली बस चढेर पाटन  आइपुग्नुभएको हो ।

ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि साझा यातायातको विद्युतीय बस चढेर आउनुभएको हो।

पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्न तयारी अवस्थामा रहेका छन्।

सम्बन्धित समाचार

सबै