काँग्रेसको अबको ५ वर्षको धन्धा विरोध गर्ने र सरकार ढाल्नेमा रहनेछ : अध्यक्ष ओली

35 Shares

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको बताउनुभएको छ  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको पद बाँड्दै हिँडेको बताउनुभयो ।

‘अहिले असफल पार्ने प्रयास जोड भएको छ । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले वी विल कमब्याक भन्नु भएको छ । बट दे डिडन्ट टक ह्वेन दे कमब्याक,’ उहाँले भन्नुभयो ‘त्यसको संकेत उहाँहरुले पुस २६ गते सरकार ढाल्छौैं र आउछौं भन्नु भएको हो ।’

कांग्रेसहरु यस्तो खुद्रा खेलमा लागेको र पार्टीहरुमा प्रधानमन्त्री बाँडिरहेको अध्यक्ष ओलीले बताउनुभयो। ‘दलका नेताहरूलाई बोलाएर प्रधानमन्त्रीको कुरा गर्नु भएको छ। यो संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेन भने अर्को विकल्पमा जाँदै जाँदैन स्वतः संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो पार्टीको दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छ,’ उहाँले भन्नुभयो।

उहाँले कांग्रेस सत्ता आउँछ कि भन्नेर आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा लाग्ने बताउनुभयो । ‘उहाँहरुको अबको ५ वर्षको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहनेछ । अहिले पनि हामीभित्रको अन्तर विरोधमा खोल्न पायो भने सरकारको नेतृत्व पाउँछ । त्यस्तो भएन भने ७६ (४) नभए ७६ (५) मा जान्छ,’ ओलीले भन्नुभयो ‘अहिलेको राजनीति गरिरहेको व्यक्ति संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । कांग्रेसले हामीलाई थाङ्नामा सुताउछ खोज्छ । आउन यहाँ बसौं छलफल गरौं ५ बजाऔं अनि प्रधानमन्त्री बनाउँला भनेर छक्काउन खोज्छ भने सबैतिर उसको धन्धा त्यही हो ।’

सम्बन्धित समाचार

सबै