राष्ट्रिय सभा उपनिर्वाचनका लागि  पुस २८ गतेभित्र  दल दर्ता आह्वान

67 Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो ।

आयोगले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि पुस २८ सम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची( १२ बमोजिमको ढाँचामा निवेदन माग गरेको छ ।

तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो ।

 

 

सम्बन्धित समाचार

सबै