माधव नेपाल र उपेन्द्र यादवसँगको छलफल पछि प्रचण्डले भने- ‘विश्वासको मतका लागि उहाँहरु सकारात्मक हुनुहुन्छ’

25 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा सकारात्मक भएको बताएका छन् ।

आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।

छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।

सम्बन्धित समाचार

सबै