69
Shares
काठमाडौँ / नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुग्नुभएको छ । उहाँ केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम उत्रिनुभएको हो ।
होउ यान्छीको फिर्तीपछि चीनले सोङलाई राजदूतका रूपमा नेपाल पठाएको हो । काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गर्नुभएको छ ।
नेपाल-चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभउको छ ।