आईएमई पे र डेली ग्रोसरीबीच सम्झौता

NepalOne २४ पुष २०७९ १४:००
अर्थ समाचार

काठमाडौं । आईएमई पे र डेली ग्रोसरी सुपर मार्केटबीच सम्झौता भएका छ । ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट एक पटकमा अधिकतम २०० सम्म प्राप्त गर्न गरि दुई कम्पनीबीच सम्झौता भएको हो ।

यो अफर आईएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने सर्त कम्पनीले खुलाएको छ । ग्राहकहरूले यस अफर अवधिभरि काठमाडौँ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन पनि सक्ने बताइएको छ ।

 


प्रतिक्रिया