सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार

NepalOne २५ पुष २०७९ ११:३९
अर्थ समाचार

काठमाडों । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ३ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य प्रतितोलामा ६ सय रूपैयाँले बढेर १ लाख ३ हजार ९ सय रूपैयाँमा कमरोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रूपैयाँले बढेर आज प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया