सोमबार ४७.१५ अंकले बढ्यो नेप्से परिसूचक, पाँच अर्ब ३१ करोड बराबरको कारोबार

अर्थ समाचार
काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा ४७।१५ अंकले वृद्धि भएर २२११।७६ विन्दुमा पुगेको हो ।
आज २५७ धितोपत्रको एक करोड ७६ लाख ७६ हजार २०६ कित्ता पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । यसदिन स्वाभिमान लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सम्पत्ति सर्वाधिक गुमाएका छन् । स्वाभिमान लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँ घटेर एक हजार ५९५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ घटेर एक हजार ५६० रुपैयाँ कायम भएको छ । आज आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया
ताजा अपडेट