अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ मा भिटेनको र्‍याप

NepalOne २८ पुष २०७९ १५:२५
मनोरञ्जन

काठमाडौं – चर्चित र्‍यापर भिटेनले फिल्म ‘छड्के २’का लागि र्‍याप गीत गाएका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको यस फिल्मका लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराएका हुन् ।बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको बताए ।

फिल्मका निर्माता प्रशान्त गिरीले र्‍याप आवश्यक परेकाले भिटेनलाई जोडिएको बताए । उनले फिल्म ग्याङस्टार जनरामा निर्माण भएकोबताए ।  निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ ।


प्रतिक्रिया