क्यानडामा जाँगेको राष्ट्रवादले गायक राजनराज चकित

NepalOne २९ पुष २०७९ १३:२९
मनोरञ्जन

काठमाडौं ।  गायक तथा सङ्गीतकार राजनराज सिवाकोटी यत्तिखेर क्यानडाका विभिन्न सहरहरूमा सांस्कृतिक प्रस्तुतिमा व्यस्त हुनुहुन्छ ।

नयाँ वर्षाको कार्यक्रमका लागि गत डिसेम्बर १५ मा हिन्दु बुद्धिस्ट फाउन्ड़ेसन क्यानडाको निमन्त्रणमा क्यानडा पुग्नुभएका सिवाकोटीलाई यत्तिखेर क्यानडाका विभिन्न सहरमा हुनै सांगेतिक कार्यक्रममा भ्याइ नभ्याई छ ।

कुटुमा कुटू, सुर्के थैली खै,फुलबुट्टे सारी लगायतका चर्चित गीतका गायक सिवाकोटी क्यानडामा रहेका नेपालीहरूबाट पाएको मायाले भावविभोर भएको बताउनुहुन्छ ।

दुबई, कतार तथा मलेसियामा रोजगारीका लागि धेरै नेपाली पुग्ने र उनीहरूको माया पाएको अनुभव बटुलेको भए पनि अस्ट्रेलिया तथा क्यानडा विशेषगरी शिक्षित नेपालीहरूको रोजाइको गन्तव्य हो ।

क्यानडामा पुगेका शिक्षित तथा प्रतिष्ठित जमातबाट पाएको मायाले आफूलाई नेपाली हुनुको गर्बवोद्घ भएको उहाँ बताउनुहुन्छ । ‘यहाँ धेरै नेपालीहरू पढेलेखेका मान्छेहरू मात्र छन् । अधिकांश शैक्षिक मान्छेहरू यहाँ छन् । कतार मलेसियामा दुःख गर्न गएका नेपालीहरूको माया त देखैकै थिए तर यहाँका शिक्षित नेपालीहरूले आफ्ना सन्तानले नेपाली गीत सुनोस्, नेपाली भेसभुसा, भाषा संस्कृति नभुलोस् भनेर बिछट्टै माया गर्दा रहेछन्’, सिवाकोटीले बताउनुभयो ।

क्यानडामा रहेका हरेक नेपालीले आफ्ना सन्तानले नेपाली गीत सङ्गीत र भाषा र धर्मप्रति गरेको माया देखेर आफूलाई गर्भिलो महसुस भएको सिवाकोटीले बताउनुभयो । यहाँ आएका सबै नेपालीका छोराछोरी अग्रेजी स्कुलमा पढ्ने भए पनि हाम्रा नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु उनीहरूले नेपाली कला संस्कृति, भेसभुसा र धर्म नभुलोस् भनेर लालायित हुने गरेको पाए,उहाँले बताउनुभयो । ‘हरेक नेपालीहरूको कार्यक्रममा आफूहरूसँगै बालबच्चा लिएर आउने र हाम्रा प्रस्तुती नछुटाइ हेर्नु हुँदो रहेछ यो देख्दा मलाई परदेश भित्रको मेरो देशले लोभ्यायो, सिवाकोटीले भावुक हुँदै भन्नुभयो ।

आफु हिन्दु बुद्धिस्ट फाउन्ड़ेसन् क्यानडाले आयोजना गरेको च्यारोटी सोका लागि आयोजना गरेको लाइभ सांगेतिक कार्यक्रममाका लागि आए पनि यहाँका नेपालीहरूको मायाले अझै केही समय क्यानडामा रहने उहाँले बताउनुभयो । फाउन्डेसनले आयोजना गरेको कार्यक्रमबाट यहाँका नेपालीहरूले सरस्वती पुँजाको लागि मन्दिर बनाउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।

‘छोटो बसाइँमा नेपाल फर्कने सोचले क्यानडा आइपुगेको थिए, तर यहाँका नेपालीहरूले देखाएको राष्ट्रवादले मलाई लट्ठ्यायो’उहाँले बताउनुभयो । उहाँले आफूलाई निरन्तर निमन्त्रणहरू आइरहेकोले आफु अझै एक महिना क्यानडामै रहने जानकारी दिनुभयो ।

क्यानडाका विभिन्न सहरमा पुगी नेपालीहरूलाई लाइभ म्युजिकको मज्जा दिइरहनुभएका सिवाकोटीले जनवरी २२ मा हुने भुट्निज नेपाली कम्युनिटीको सांस्कृतिक कार्यक्रमलाई नछुटाई हेरिदिनु हुन क्यानडाका नेपालीहरूलाई आग्रह गर्नुभयो ।

हामी जहाँ पुगे पनि आफ्नो पनले तान्दो रहेछ भन्दै सिवाकोटीले वास्तवमा नेपाली हुनु र नेपाली पनको आनन्द क्यानडामा भएका नेपालीहरूले दिएकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

हामीलाई हाम्रो संस्कृति, कला र सङ्गीतले भूगोलबाट जति टाढा भएपनि तान्दो रहेछ, भाषा, संस्कृति र कलाले सात समुन्द्र पार पनि आफ्नो पन खोज्दो रहेछ, हाम्रो कर्मथलो जति टाढा भए पनि नेपालीको मन मस्तिष्कमा देशप्रतिको माया, भाषा संस्कृति प्रतिको गर्व रहेछ, यो सबै देख्दा मलाई नेपाली हुनुमा गर्व छ सिवाकोटीले बताउनुभयो ।


प्रतिक्रिया