आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

NepalOne १५ माघ २०७९ ११:५१
अर्थ समाचार

काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ५ हजार ८०० सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु २ सयले बढेर १ लाख ६ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ५ सय छ । । यसको मूल्य अघिल्लो दिन रु १ लाख ५ हजार ३ सय रुपैयाँमा थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर १ हजार ३ सय ६५ कायम रहेकोे महासङ्घले जनाएको छ ।


प्रतिक्रिया