भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँले वृद्धि

NepalOne १८ माघ २०७९ १३:५३
अर्थ समाचार

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको हो ।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम बताएको छ । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।


प्रतिक्रिया