हालसम्मकै रेकर्ड तोड्दै नयाँ उचाईमा सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

NepalOne १९ माघ २०७९ ११:१७
अर्थ समाचार

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवार तेजाबी सुन १ लाख ७ हजार तोकेको छ । हिजो सोको मूल्य १ लाख ५ हजार ८ तोकेको थियो ।

यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया