मन्त्रीपरिषद्को बैठकबाट सरुवा भएका १० सहसचविको जिम्मेवारी हेरफेर

NepalOne २० माघ २०७९ ११:५७
अर्थ समाचार

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रीपरिषद्को बैठकबाट सरुवा भएर अर्थ मन्त्रालय आएका १० जना सहसचिवहरुको कार्य विभाजन गरेको छ । यसरी सरुवा भएर अर्थ मन्त्रालय आएका सहसचिवहरु मध्ये बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी धनीराम शर्माले पाएका हुन् ।

त्यस्तै, रितेकुमार शाक्य र सुमन दाहाल क्रमशः राजस्व व्यवस्थापन महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा आएका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुखमा कमलप्रसाद भट्टराई आएका छन् भने सेवन्तक पोखरेलले भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् ।

श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बनेका छन् । यता प्रशासन महाशाखा प्रमुखमा लक्ष्मीप्रसाद निरौला आएका छन् भने इश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा आएका छन् । वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी झक्कप्रसाद आचार्यले पाएका छन् ।


प्रतिक्रिया