चीनका ६ हजार थिएटरमा इंग्लिस विंग्लिस

NepalOne २४ माघ २०७९ २०:२८
मनोरञ्जन

मुम्बई, २४ माघ । दिवंगत बलिउड अभिनेत्री श्रीदेवी स्टारर फिल्म ‘इंग्लिस विंग्लिस’ रिलिज हुनासाथ दर्शकको प्रिय बनेको थियो । दर्शकले श्रीदेवीको भूमिकालाई निकै मन पराएका थिए ।

अब यो फिल्म श्रीदेवीको सम्मानमा उनको पाँचौं वार्षिकीमा २४ फेब्रुअरीमा पुनः रिलिज हुँदै छ । गौरी शिन्देको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा टोरन्टो फिल्म फेस्टिभलबाट वल्र्ड प्रिमियर गरिएको थियो ।

रोचक कुरा के छ भने श्रीदेवी १५ वर्षपछि चिनियाँ थिएटरमा देखिँदैछिन् । इरोज इन्टरनेसनलका सिइओ कुमारले चीनका ६ हजार थिएटरमा फिल्म रिलिज हुने जानकारी दिएका छन् ।

निर्देशक गौरीले फिल्मलाई उनकी आमाको जीवनबाट प्रभावित भएर बनाएकी हुन् । फिल्ममा श्रीदेवी एक गृहिणीको भूमिकामा छन् । जो अमेरिकामा अंग्रेजी सिक्छिन् र नयाँ साथी बनाउँछिन् । फिल्ममा आदिल हुसेन, सुमित व्यास, प्रिय आनन्दलगायतको अभिनय छ ।


प्रतिक्रिया