बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

NepalOne २५ माघ २०७९ ११:२५
अर्थ समाचार

काठमाडौं / बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु २ सयले बढेर १ लाख ४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ३ सय छ । । यसको मूल्य अघिल्लो दिन रु १ लाख ४ हजार १ सय रुपैयाँमा थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर १ हजार ३ सय १५ कायम रहेकोे महासङ्घले जनाएको छ ।


प्रतिक्रिया