मोलुङ हाइड्रोपावरले २२ लाख ६४ हजार कित्ता आइपीओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?


काठमाडौं । मोलुङ हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । फागुन ४ गतेदेखि सर्वसाधारणका लागि कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।
यो मध्ये २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । फागुन १० गतेसम्म बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।