‘विदेशी फिल्म निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जानुपर्छ’ : सञ्चारमन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विदेशी फिल्म महिनौं चल्ने तर नेपाली फिल्म एक दिन पनि नचल्ने अवस्थामा किन पुगे भनेर प्रश्न गरेकि छन् । पछिल्लो समय आशा गरिएका फिल्म पनि धमाधम व्यवसायिक रुपमा असफल भइरहेको बेला फिल्म निर्देशकलाई प्रश्न गरेकि हुन् ।
उनले भनिन्न् , मैले चलचित्र उति सारो बुझेको छैन तर प्रशस्त हेरेकी छु । अरुका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ । नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्नुपर्ने हो र मन्त्रालयले के गर्नुपर्ने हो रु छलफल गरौं । तर यो अवस्थाको अन्त्य हुन जरुरी छ ।’ उनले नेपाली फिल्मले ‘क्वान्टिटी’भन्दा पनि ‘क्वालिटी’ बढाउने गरी काम गर्नुपर्ने र जलवायु परिवर्तनजस्ता विषयमा हुने छलफलले विषयवस्तुमा विविधिकरण हुने धारणा राखिन् ।
सञ्चारमन्त्री शर्माले कुनै समय आफू पनि भारतीय फिल्म बन्द गर्ने मोर्चाको अग्रभागमा रहेको स्मरण गर्दै अहिले अरुलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने समय भएकाले नेपाली सिनेमा पनि प्रतिस्पर्धी बन्नुपर्ने बताएकी थिइन् । यसका लागि मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम आफूले अगाडि बढाउने बताउँदै चलचित्र ऐन संसदमा लैजाने तयारी गरिरहेको जानकारी दिइन् ।