‘अहिले हामी संसदमा जात्रा देख्दैछौँ’ : रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले संसदमा जात्रा देखिएको टिप्पणी गरेकी छन् । बुधबार आयोजित आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विषवमन गरिरहेको बताएकी छन् ।
उनले भनिन्न् अहिले हामी संसदमा जात्रा देख्दैछौँ । जुन आन्दोलनको जगमा राजनीतिमा सबै खालको विचारले प्रतिस्पर्धा गर्न पाए । आज त्यही व्यवस्था र संविधानकाविरुद्ध विष बमन यो त पुनरुत्थान हो नि ।’ राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि ‘डेलिभरी’मा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विषवमन गर्ने ठाउँ भेटिएको उनको भनाइ छ ।
राजनीति दलहरूले सही ढंगले काम नगरेकै कारणले अहिले जनमत कमजोर भएको उनले बताइन् । अहिले जनतामा देखिएको निरासालाई अन्त्य गर्न काम गरेर देखाउन आवश्यक रहेको उनको भनाइ छ । अहिले जनताले दिएको सच्चिने मौकालाई अवसरको रूपमा लिन पनि झाँक्रीले आग्रह गरिन् ।