बुधबार ७ दशमलव १६ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

NepalOne २५ माघ २०७९ १६:१८
अर्थ समाचार

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७ दशमलव १६ अंकले घटेर २१७० दशमलव १८ बिन्दुमा पुगेको हो । बुधबार कुल २५७ वटा कम्पनीको १ करोड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार माथिको सेयर कारोबार भएको छ ।

बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ११ करोड २ लाख ६७ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा आदर्श लागुविट वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । यसैगरीबुधबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।


प्रतिक्रिया