बिहिबार नेप्से परिसुचक ०.९९ अंकले वृद्धि

NepalOne २६ माघ २०७९ ११:२७
अर्थ समाचार

काठमाडौं / प्रिओपन सेसनमा बिहिबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ ।

यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया