‘अत्यधिक मुनाफा आर्जनको उद्देश्य राख्ने सहकारी र लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ’ : सोविता गौतम

NepalOne ३ फागुन २०७९ १२:२०
अर्थ समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले अत्यधिक मुनाफा आर्जनको उद्देश्य राख्ने सहकारी र लघुवित्त संस्थालाई राष्ट्र बैंकले कारबाही गर्नुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुलभ कर्जा प्रवाह गरी निम्न र्वगिय व्यक्तिलाई आर्थिकरुपमा सबल बनाउने उद्देश्यका साथ सहकारी र लघुवित्तको अवधारणा ल्याए पनि  यसले  समाजमा जथाभाबी क्रिण वितरण गर्दा निभिन्न घटना घटेकाले यस्ता क्रियाकलाप रोक्न  राष्ट्र बैंकले आवश्यक कारबाही गर्नु पर्ने बताएकी हुन् ।   

बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन् ।

न्यायपालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि बिभाजित हुन थालेको बताउँदै उनले सन्दीप लामिछाने विरुद्धको मुद्दा छिटो छिनोफानो गर्नुपर्ने बताइन् ।


प्रतिक्रिया