बिहिबार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार
काठमाडौं / बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ६ सयले घटेर १ लाख ३ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू १ लाख २ हजार ५ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख ३ हजार १ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु ५ ले घटेर प्रतितोला रू १ हजार २ सय ८५ कायम रहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट