ईच्छाराम परियारको अभिनय रहेको गीत ‘म मरेर के भो’ ले पायो एक करोड बढी भ्यूज

NepalOne ७ फागुन २०७९ १६:२०
मनोरञ्जन

रमेश बि.क.रसाइली / काठमाडौँ – मोडल ईच्छाराम परियारको अभिनय रहेको कालजयी गीत म मरेर के भो म जस्तो हजार पाईहाल्छौको फिमेल भर्जन युट्युबमा एक करोड बढी दर्शकको नजरमा पर्न सफल भएको छ । 

भद्र ओलीको शब्द सङ्गीत र स्मृति शाहीको आवाज रहेको यो गीत नेपाली सङ्गीतमा सदाबहार तहल्का मच्चाएको गीत हो भने अडियोमा बिनोद बाजुरालीको सङ्गीत संयोजन र कुमार रानाको ध्वनि मुद्रण रहेको छ । रक्षा म्युजिकको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको म मरेर के भो को म्युजिक भिडियोलाई लेजेण्डरी निर्देशक शिब बि.क.ले निर्देशन गरेका हुन । शम्भु चालीसेको छायाकंन र रबिन बि.क.को सम्पादन रहेको भिडियोलाई शिब फोर.एस.मिडियाले दृष्य निर्माण गरेको हो भने भिडियोमा ईच्छाराम सँगसँगै नायिका उशा खनालको अभिनय रहेको छ । 

म मरेर के भो म जस्तो हजार पाईहाल्छौको सम्पूर्ण टिमलाई करोड क्लबको धेरै धेरै शुभकामना । 

भिडियो


प्रतिक्रिया