‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा, जितु नेपाल र प्रियंका कार्की देखिने

NepalOne ९ फागुन २०७९ २०:३०
मनोरञ्जन

काठमाडौं – चर्चित ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा कलाकार जितु नेपाल देखिने भएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले नयाँ स्वरुपमा आउने ‘मुन्द्रेको कमेडी क्लब’ मा आफू आफ्नो आफू देखिने बताए ।

अब ‘मुन्द्रेको कमेडी क्लब कान्तिपुर टेलिभिजनमा आगामी चैत २ गतेदेखि हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने भएको छ । यसअघि यो कार्यकम्र नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको थियो ।

सो कार्यक्रममा प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनेछन् । यस्तै दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम रानाको पनि भूमिका रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्नेछन् ।


प्रतिक्रिया