जुही भनेपछि मरिहत्ते गर्थे सलमान, कसले दिएको थियो धोका ?

NepalOne १० फागुन २०७९ २२:०६
मनोरञ्जन

एजेन्सी – सन् ८० र ९० को दशककी अभिनेत्री हुन् जुही चावला । मोडलिङमा चर्चा बटुलेपछि बलिउडमा आएकी जुहीले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरकेी थिइन् । यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’,‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन् । उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन् । तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे ।

सलमान आजसम्म पनि सिंगल छन् । कुनै समय उनी जुहीको प्रेमी थिए । उनी जुहीसँग विवाह गर्न तयार थिए । तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन ।

सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए । तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे । जुहीले जय मेहतासँग सन् १९९५ मा विवाह गरेकी थिइन् ।


प्रतिक्रिया