लघुवितिय संस्थाहरूले ज्यादती गरेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना

NepalOne १६ फागुन २०७९ १७:१२
अर्थ समाचार

उदयपुर – लघुवितिय संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरूले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना दिएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरूले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पीडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।

त्यस्तै उनीहरूले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरूद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर लगायतका माग राखेका छन् । ५ बुँदे माग राखी लघुवित्त संस्था विरुद्ध उदयपुरका स्थानीयहरू आन्दोलित बनेका छन् ।


प्रतिक्रिया