चलचित्रकर्मी कल्याणकारी कोषबाट स्व अभिनेता राणाको परिवारलाई एक लाख सहयोग

मनोरञ्जन

काठमाडौं – चलचित्रकर्मी कल्याणकारी कोषले स्व अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचारको लागि सहयोगगरेको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण गर्न बुधबार ललितपुरस्थित स्नेही काख नामक संस्थामै बोर्डका अध्यक्ष भुवन केसी र कोषका संयोजक वसुन्धरा भुसालले रु एक लाख सहयोग गरेका हुन् ।
राहत कोषमा रकम जुटाउन पहल भइरहेकै कारण सहयोग गर्दा सीमितता भएको भन्दै बोर्ड अध्यक्ष केसीले सरकारसँग बेलाबखतमा कलाकारलाई सहयोग गर्न सकिने कोषमा रकम जम्मा गर्न भनिरहेको बताए ।
विसं २०४१ मा बनेको चलचित्र ‘अन्याय’बाट अभिनयमा प्रवेश गरेका अभिनेता राणाले वसन्ती, बलिदान, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाँया–२, सेतो बाघ, हवल्दार सुन्तली लगायतका चलचित्रमा अभिनय गरेका थिए । उनको निधन २०७५ माघ १८ गते निधन भएको थियो ।
प्रतिक्रिया
ताजा अपडेट