यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

NepalOne १८ वैशाख २०८० ८:३६
अर्थ समाचार

काठमाडौं – सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ एक पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, रहेको छ ।


प्रतिक्रिया