अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने


काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरी बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । समितिलाई पूणरुपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको शाहीले बताउनुभयो ।
बैठकमा बजेटका बारेमा समितिले आवश्यक सुझाव दिनुपर्ने बताए । सांसद विष्णु पौडेलले बजेटको पोसिलीमा सुझावहरू दिनुपर्ने र छलफलमा अर्थमन्त्रीमा बोलाउनुपर्ने बताउनुभयो ।
त्यस्तै सांसदहरुले समितिको डिजिटल अभिलेखीकरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।