गठबन्धन गरे एक तिहाई र एकल चुनाव लडे काँग्रेसलाई एक चौथाईमा सिमित गर्ने, प्रचण्ड र माधव काँग्रेसको ढोका कुरुवा: महेश बस्नेत (भिडियो सहित)

भक्तपुर १६, चैत । नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रचण्ड र माधव नेपाल भिकारी भएको बताउनु भएको छ । सुर्यविनायक हरित कृषि थोक बजार उद्घघाटन तथा बृहत पार्टि प्रवेश कार्यक्रमा बोल्दै नेता बस्नेतले प्रचण्ड र माधव नेपाल काँग्रेसको ढोकामा गएर निर्णय कुरेर बस्नु पर्ने अवस्था आएको बताउनु भयो ।
उहाँले भन्नु भयो आज हामिले एमाले ठुलो छ भनिरहनु पर्दैन किनभने प्रचण्ड र माधव नेपाल काँग्रेस केन्द्रिय कमिटिको निणर्य कुरेर बसिरहेको छन्, एउटा भिकारीले कचौरा थापे जसरी काँग्रेस गर्छ कि गर्दैन, गठबन्धन गरेन भने हाम्रो पार्टि सकिन्छ, हाम्रो भविष्य सकिन्छ, काँग्रेसले गठबन्धन गरोस भनेर पशुपतिनाथ तर्फ धुप बालेर बसिरहेका छन् । आज काँग्रेस गठबन्धन गर्न बाध्य छ, प्रचण्ड र माधव नेपाल काँग्रेसको पुच्छर भएका छन् ।
साथै बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धन गरे एक तिहाई र एकल चुनाव लडे काँग्रेसलाई एक चौथाईमा सिमित गर्ने हो । तपाँई भन्दा हामि तिन गुणा बढि मतले जित्ने समेत घोषण गर्नुभयो ।
सो कार्यक्रममा बर्हिगमित जनमुक्ति सेना उपाध्यक्ष र महासचिव नेर्तत्वमा संगठन नेकपा एमालेमा समाहित भएका छन्, उनिहरुलाई एमाले अध्यक्ष के.पि ओलि, उपाध्यक्ष सुवासचन्द्र नेमांग, पोलिटब्युरो सदस्य महेस बस्नेत, केन्द्रिय सदस्य दुर्गा प्रसाईले टिका र माला लागाई स्वागत गर्नु भयो ।