रमेश बि.क.रसाईली
काठमाडौं / सर्वप्रिय गायक तथा सर्जक विक्रमबावु विश्वकर्माको शब्द संगितमा नयाँ तीज गीत ‘मायाको केशै फिरीफिरी‘ सार्वजनिक भएको छ । चर्चित गायक खेम सेञ्चुरी र समिक्षा गैरेको आवाजमा सु – सज्जित यस गितलाई सर्जक बिश्वकर्माकै युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।
‘मायाको केशै फिरीफिरी‘ को अडियो बिनोद बाजुरालीको संगित संयोजन,गोबिन्द पराजुली र सागर बाजुरालीको रेकर्डिङ्ग,राजेन्द्र बाजुरालीको ध्वनी सम्पादन साथै खडक बाजुरालीको ध्वनी मुद्रणमा मालश्री स्टुडियोमा तयार भएको हो ।
अब्बल निर्देशक शंकर बिसीको एक्सन कटमा तयार यस गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका हुन भने मनोज कार्कीले सम्पादन तथा ग्राफिक्स गरेका हुन ।
खिम गैरेको निर्माण रहेको ‘मायाको केशै फिरीफिरी‘ मा सबैले रुचाईएको सफल भिडियो जोडि गायक तथा नायक प्रकाश सपुत र मोडल अञ्जली अधिकारीको ठुम्कासंगै स्क्रिन रोमान्स देख्न सकिन्छ ।
यस सालको तिजमा मात्रै दुई दर्जनभन्दा बढी सिर्जनामा कलम चलाएका सर्जक विक्रमबावुले आफ्ना पुराना सिर्जनाजस्तै यस गितबाट पनि दर्शक श्रोताको भरपुर माया प्राप्त गर्नेमा विस्वस्त रहेको बताउनुभएको छ ।