कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको छ : ज्ञवाली

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस भन्ने एमालेको चाहना रहेको भन्दै सम्वाद भइरहेको बताउनुभएको हो ।
अहिले प्रारम्भीक चरणको छलफलमा केहि संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उहाको भनाइ छ । ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राख्नुभयो ।
कोशीमा मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उहाको भनाइ छ ।