प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा

25 Shares

चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङझाउ पुगेका छन् । उनी आज बिहान हाङझाउ पुगेका हुन् । राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट चीन प्रस्थान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई हाङझाउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आज अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अपराह्न ५ बजे भेटवार्ताको समय तय भएको छ । त्यसअघि राष्ट्रपति सीले खेलको उद्घाटन समारोहमा सहभागी विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित दिवाभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । हाङझाउमा आजदेखि एसियाड सुरु हुँदै छ ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीसँगको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत सहभागी हुनेछन् ।

सम्बन्धित समाचार

सबै