प्रधानमन्त्री दाहाल र चिनीयाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता

बेइजिङ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । एसियाली खेलकुद आयोजना भएको शहर हाङझाउमा चिनियाँ राष्ट्रपति सीसँग प्रचण्डको भेटवार्ता भएको हो ।
साताव्यापी चीन भ्रमणका लागि प्रधानमन्त्री दाहाल आज बिहान अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका थिए ।
चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । हाङझाउबाट प्रधानमन्त्री नेतृत्वको नेपाली टोली बेइजिङ जानेछ । प्रधानमन्त्री दाहालले बेजिङमा नै समकक्षीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्ने कार्यक्रम छ ।