माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौ– माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गरी नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सेमिफाइनलमा नेपालको प्रतिष्पर्धा भुटान वा भारतसँग हुनेछ । नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।
१८ औं मिनेटमा नेपालका प्रशान्त लकसमले गोल गरेका थिए । त्यसपछि ३० औं मिनेटमा समिर तामाङले दोस्रो गोल गरे । ५८ औं मिनेटमा माल्दिभ्सले गोल फर्काएको थियो । त्यस्तै नेपालका निरन्जन धामीले ८८ औं मिनेटमा गोल गरेका थिए । अतिरिक्त समयमा नेपालका समिर तामाङले अर्को गोल पनि गरेका हुन्।
आजको खेलमा माल्दिभ्सका १ र नेपालका १ खेलाडीले रातो कार्ड पाएका थिए । नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहमद इयान हसनले रातो कार्ड पाए । नेपालले यसअघि गत बिहीबार पाकिस्तानसँग खेलेको थियो । त्यस खेलमा पाकिस्तान १ गोलले पराजीत भएको थियो।