केही मन्त्रीको जिम्मेवारी हेरफेरसहित कोसीमा मन्त्रिपरिषद् बिस्तार

केही मन्त्रीको जिम्मेवारी हेरफेरसहित कोसीमा मन्त्रिपरिषद् बिस्तार

बिराटनगर– कोसी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र २ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । केही मन्त्रीको भने जिम्मेवारी हेरफेर गरिएको छ । आज थपिएका २ मन्त्री र २ जना राज्यमन्त्रीपछि कोसीको मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ ।

यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी, एकराज कार्की भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त भएका छन्। अधिकारी र राजभण्डारी आज थपिएका मन्त्री हुन्। रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन्। उनीहरुले आजै पद तथा गोपनियताको सपथ लिँदैछन् ।

Reporter