30
Shares
काठमाडौं – नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत माल्दिभ्सलाई पराजित गर्दै पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा १० विकेट गुमाउँदै ७४ रन जोडे।
बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिए। नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।
नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ ।