दीपकराज गिरी एमाले परित्याग गरी माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं – नेकपा एमालेका नेता तथा जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दीपकराज गिरी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
शुक्रबार गिरी एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।
पार्टी प्रबेशको क्रममा प्रचण्डसँगै, नेता नारायणकाजी श्रेष्ठ, बर्षमान पुन लगायतका नेताहरु सहभागी भएका थिए