निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति थरी अगाडि बढ्छौं – मन्त्री आले

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय निर्वाचनमा सत्ता साझेदार दलबीच तालमेल हुने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आलेले सो कुरा गरेका हुन् । उनले निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको बताए ।
उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताए। यस्तै उनले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र रु १६ अर्ब विनियोजन भएको पनि बताउ ।
दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन र लगेज बेल्टको लागि बजेट विनियोजन गरिएको उनले बताए ।