भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध

आज अपरान्ह गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ । भेरी नगरपालिकाको रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।
आजको परकम्पले सडक अवरुद्ध भएपछि भूकम्प प्रभावितसम्म राहत पु-याउन कठिनाइ भएको छ ।
शुक्रबारको भूकम्पपछि जाजरकोटमा लगातार परकम्प गइरहेको छ । त्यसमध्ये आज शक्तिशाली ५.८ म्याग्निच्युडको परकम्प गएको थयो ।