जाजरकोट भूकम्प : पीडितलाई विभिन्न निकायको सहयोग

काठमाडौँ, २० कात्तिक : जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयको राहत
कर्णाली : मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदे
काठमाडौँ, २० कात्तिक : जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयको राहत
कर्णाली : मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नुभयो । बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।
त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित रु तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उहाँले राससलाई जानकारी दिनुभयो ।
शका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नुभयो । बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।