मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

Reporter