जाजरकोट पुगे राष्ट्रपति

जाजरकोट– राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाजरकोट पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका हुन् ।
जाजरकोट जिल्ला अस्पताल पुगेर राष्ट्रपति पौडेललले भूकम्पबाट घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । जाजरकोटको अवलोकन सकेर राष्ट्रपति पौडेल भूकम्पले क्षती पुर्याएको अर्को जिल्ला रुकुम पश्चिम जाने कार्यक्रम छ ।
भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।