नेपालले मंसीर ५ मा यमनसंग प्रतिष्पर्धा गर्ने

20 Shares

काठमाडौ– विश्वकप छनोट समूह अन्तरगत दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा प्रतिष्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो । त्यसअघि दोस्रो चरणको पहिले खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्नेछ । यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य साधारण प्यारापिटतर्फ ४ सय र भिआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

टिकट एन्फा आफैले व्यवस्थापन गरि बिक्रिबितरण गर्ने उनको भनाइ छ ।

खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षको व्यवस्था मिलाइएको छ भने प्रतियोगीताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ लाग्ने अनुमान छ ।
खेलको तयारीका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २६ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । नेपालले पहिलो चरणमा लाओसलाई दुई लेगको म्याचमा हराउँदै दोस्रो चरण प्रवेश गरेको थियो ।

सम्बन्धित समाचार

सबै