भूकम्प प्रभावितलाई राहत लिएर पोखरा आए चिनियाँ सेनाका जहाज

भूकम्प प्रभावितलाई राहत लिएर पोखरा आए चिनियाँ सेनाका जहाज

कास्की– भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जहाज पोखरा आएका छन् ।
राहत सामग्री लिएर आएका चिनियाँ सेनाका दुई कार्गो जहाज आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

चिनियाँ राजदूत छन सोङले ती सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । पोखराबाट नेपाल एयरलाइन्सको जहाजमार्फत राहत सामाग्री कर्णाली लगिनेछ ।

Reporter