कोसीमा संसदीय समिति सदस्यको टुंगो लाग्यो, सभापतिको चयन भने अनिश्चित

कोसीमा संसदीय समिति सदस्यको टुंगो लाग्यो, सभापतिको चयन भने अनिश्चित

विराटनगर– कोसी प्रदेशसभा गठन भएको झण्डै एक वर्षपछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ । प्रदेशसभामा रहेका सात वटा संसदीय समितिमा रहने सदस्यको टुंगो लागेको हो । समिति सभापतिका विषयमा भने दलहरुबीच अझै भागवण्डा मिलेको छैन ।

सभामुखको चयनपछि मात्रै संसदीय समितिका सभापति को नेतृत्व टुङ्गो लगाउने दहरुको तयारी छ । ९३ जना सदस्य रहेका कोसी प्रदेशसभामा मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्री गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार समितिमा छैनन् ।

Reporter